
दाङको क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजीत चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई एक हजार ७७५ मतान्तरले हराए ।
चौधरीले १३ हजार ५०५ मत ल्याए भने भट्टराइले ११ हजार ७३० मत ल्याए । चौधरी लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यानमन्त्रीसमेत छन् । उनी ०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने ०७७ सालमा सोही क्षेत्रमा प्रदेशसभा सदस्य भएका थिए ।