बैंकिङ क्षेत्रमा मोबाइल तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्यालाई समाधान गर्ने उद्देश्यसहित ‘ओम्नी च्यानल सोलुसन फास्ट बैंकिङ’ सार्वजनिक भएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङको सेवा लिई डिजिटल बैंकिङको अनुभवलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।
हाल बैंक तथा वित्तीय संस्थामा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखामा नै धाउनुपर्ने बाध्यता रहेको परिस्थिति औँल्याउँदै सो सोलुसनमा थप सुविधाका साथै ओपन एपिआईमार्फत बैंकका थप सेवालाई मोबाइल बैंकिङमै जोड्न सकिने उनको भनाइ थियो ।
टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नीरज ढुंगानाले फास्ट बैंकिङको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङभन्दा सुदृढ, स्केलेबल र सुरक्षित रहेको बताए ।