काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानभन्दा माथि कोही नभएको र प्रजातन्त्रभन्दा ठुलो केही नभएको बताएका छन् । हालै मिडियामा राज्यबाट भएको धरपकडसम्बन्धि विषयमा प्रतिक्रिया दिँदै यस्ता क्रियाकलापमा संलग्नहरू कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन् ।
पार्टीको सचिवालय बैठकपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठुलो केही छैन, कोही छैन। रास्वपा यसमा स्पष्ट छ। रवि लामिछाने यो कुरामा स्पष्ट छ ।
यसमा कहिल्यैपछि द्विविधा गर्नुपर्दैन । यसभन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्नेछ । त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रूपमा भनिसकेका छौँ।’
भिडियो-<iframe src="https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F1167238855651044%2F&show_text=false&width=267&t=0" width="267" height="476" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true"></iframe>