कोशी प्रदेशमा बर्ड–फ्लु रोकथामका लागि कुखुराको मासु, अन्डा, दाना, सुली ओसारपसार र बिक्री–वितरणमा प्रतिबन्ध

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा फैलिएको बर्ड–फ्लु संक्रमण रोकथामका लागि कुखुरा, कुखुराको मासु, अन्डा, दाना, सुली प्रभावित र सिमाना जोडिएका जिल्लाहरूमा ओसारपसार र बेचबिखनमा प्रतिबन्ध  लगाइएको छ ।   

रोग मानिसमा समेत सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले संक्रमण देखिएका पालिकाहरूबाट यी वस्तुहरू ओसारपसार र बेचबिखनमा अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रोक लगाएको हो । 

कोशीमा संक्रमण भएको बर्ड–फ्लुको महामारी अझै फैलन सक्ने भएकाले रोकथामका लागि गृह मन्त्रालयको विपत् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाले  जिल्ला प्रशासन र पशुसेवा कार्यालयहरूलाई कडा निर्देशन गरेको छ । सोही निर्देशनअनुसार संक्रमण पुष्टि भएका कोशी प्रदेशका तीनवटै जिल्लाहरू झापा, मोरङ र सुनसरीका प्रशासनहरूले   आन्तरिक र सिमाना जोडिएका जिल्लाहरू इलाम, धनकुटा, पाँचथर, उदयपुर र सप्तरी जिल्लामा समेत यी चिजहरू ओसारपसार र बेचबिखनमा पूर्ण रोक लगाइएको छ । साथै प्रभावित र जोखिममा रहको पालिकाहरूलाई पनि उच्च  सतर्कता बढाउन निर्देशन दिएका छन्  ।  

सुझावित समाचार