मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २६ बिहीबार १६:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भोटेकोशी बाढीले विस्थापित ४८५ जनाको उद्धार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १६:५३:oo

भोटेकोशीमा आएको बाढीमा फसेका ४८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रूपमा बन्द भएको स्याफ्रुबेँसी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।

बिहीबार दिउँसोसम्ममा ४८५ जनालाई उद्धार गरेर सुरक्षाका साथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका भन्सार कार्यालय यार्डमा फसेका दुईवटा कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ। भोटेकोशी नदीमामा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालसम्म चारजनाको शव फेला परेको छ। प्रहरीले अन्य पाँचवटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुन सकेको छ। अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– २, रसुवागढीमा रहेको नेपाल-चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल-चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युतसमेत अवरुद्ध छ।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणसमेत खटिएका छन्। नेपाली ५० जना, चिनियाँ नागरिक एकजना भारतीय नागरिक चार गरेर ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको थियो।

त्यस्तै, भोटेकोशी नदीमा आएको बाढीले जोखिम रहेका घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न निजी कम्पनीको हेलिकाेप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले ४२ वटा इभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रकलगायत लोडर, एक्स्काभेटर, आठवटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्रान्डिङ मेसिन बगाएको छ।

भन्सार क्षेत्रमा रहेको इभी गाडीका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजनाको ड्याम, हेडबक्स र लेवर क्याम्प, चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गमा समेत क्षति पुर्‍याएको छ।