मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २५ बुधबार o८:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार o८:४७:oo

एकीकृत समाजवादीले स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेपछि झाँक्रीले पार्टी पुनर्गठन गर्नुपर्ने र सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् ।

गत १४ असारमा युवा संघको कार्यक्रममा अध्यक्षलक्षित अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले तीनदिने स्पष्टीकरण सोधेको थियो । एक नेताका अनुसार झाँक्रीले स्पष्टीकरण बुझाएकी छैनन् ।

बरु उनले सचिवालयमा आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेकी थिइन् । स्पष्टीकरण नबुझाएपछि आयोगले झाँक्रीलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको थियो । एकपटक मौका दिने भन्दै सचिवालय बैठकले सात दिनको समय दिएको हो ।

‘उहाँको अभिव्यक्तिले पार्टीलाई आघात पुगेको निष्कर्ष निकाल्दै आत्मालोचना गर्न र भोलि गल्ती नदोहोर्‍याउने गरी लिखित स्पष्टीकरण दिन सात दिनेको समय दिने सर्वसम्मत निर्णय भएको छ,’ मंगलबार सम्पन्न बैठकपछि उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने । अर्का एक पदाधिकारीका अनुसार सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडालगायतले झाँक्रीलाई कारबाही गर्नुपर्ने बताएका थिए भने सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाललगायत नेताले कारबाही गर्न नहुने बताएका थिए । अन्य नेताहरूले मध्यमार्गी धारणा राखेका थिए ।