मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
२o८२ असार २५ बुधबार o८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ राउन्ड गोली चलाएर लागुऔषध काराेबारी भद्रपुरबाट नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार o८:३३:oo

भद्रपुर नगरपालिका– ७ मा प्रहरीले गोली हानेर दुईजनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।

शंका लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउन्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एकजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ ।

भारतको बिहार राज्यअन्तर्गत किसनगन्ज जिल्लानिवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका– ५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।     

अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।