१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकले माथिल्लो मैवा जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

एनएमबि बैंकले ताप्लेजुङको मौवा खोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत् आयोजनामा ऋण लगानी (वित्तीय व्यवस्थापन) गर्ने भएको छ ।

बैंकले १७.८५ मेगावाट क्षमताको उक्त आयोजनामा ऋण लगानी गर्नेबारे दुईपक्षीय सम्झौता पनि भएको छ । सम्झौतापत्रमा बैंकका सस्टेनेबल इनर्जी बैंकिङका चिफ दिनेश दुलाल र परियोजनाको प्रवद्र्धक कम्पनी काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षरपश्चात् बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरे तथा प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरे । 

सोही कार्यक्रममा बैंकका सिइओ घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयसीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।