मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिलाउनेकाे अवैध काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीको गस्ती टोलीले धनकुटा नगरपालिका– ३, स्कुलडाँडाबाट चिलाउनेकाे काठ बरामद गरेको छ। कोशी लोकमागअन्तर्गत धनकुटाको हिलेबजारबाट धनकुटातर्फ ल्याउँदै गरेको चिलाउने जातको ११७ थान चिरान गरेको काठ गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले बताए ।

हिलेबाट धनकुटातर्फ आउँदै गरेको को.२च १५०३ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त काठ फेला पारिएको प्रहरीले बताएको छ । प्रहरीको गस्ती टोलीले कोशी लोकमार्गमा गाडी रोकी चेकजाँच गर्दा चिरानी गरिएको चिलाउने जातको काठको आवश्यक कागजपत्र नभएपछि काठ, पिकअप गाडी, चालक सहिदभूमि गाउँपालिका– ७ का ३२ वर्षीय प्रेमकुमार राई र सोही गाडीमा सवार सहिदभूमि गाउँपालिका–६ का २५ वर्षीय रुद्रमाण राईलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनकुटालाई बुझाएको प्रहरीले बताएको छ ।