१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २७ बुधबार १४:१७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सिड्नीपछि गोकर्णेश्वरमा गुञ्जिँदै नेपथ्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १४:१७:oo

अस्ट्रेलियाको सिड्नीस्थित  ‘होर्डन पभिलियन’मा लगातार दुई साे प्रस्तुत गरेपछि नेपथ्यले काठमाडौंको गोकर्णेश्वरमा प्रस्तुति दिने भएको छ। नेपथ्यले दुई वर्षपछि काठमाडौं उपत्यकामा चैत ३० गते शनिबार कन्सर्ट गर्न लागेको हो। यसअघि ०७९ पुसमा नेपथ्य भृकुटीमण्डपमा प्रस्तुत भएको थियो।

कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोकनजिकै खुला मैदानमा हुने नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए। यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो।

दर्शकले स्थानीय आयोजकसँगै ब्यान्डको वेबसाइटमार्फत पनि सोझै टिकट काट्न सक्नेछन्।

गोकर्णेश्वरको कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर आफूहरू अमेरिका जाने तयारीमा रहेको मुख्य गायक एवं ब्यान्डका अगुवा अमृतले जानकारी दिए।