१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा दृष्टिविहीन महिला बलात्कृत, पेटमा २८ हप्ताको गर्भ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार ११:३५:oo

अछाममा एक दृष्टिविहीन महिलामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ५१ वर्षीय चेतमान रोकायाले जंगलमा लगेर बलात्कार गरेका हुन् ।  जिल्लाको रामारोशन गाउँपालिका– ५ का रोकायाले मंगलसेनस्थित पालेवन सामुदायिक वनमा लगेर २१ वर्षीया ती महिलालाई गत असोज २१ गते जबर्जस्ती करणी गरेका थिए । महिलाको पेटमा २८ हप्ताको गर्भ छ ।

गर्भवती भएको थाहा पाएपछि पीडित पक्षले यही चैत २६ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएको प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । ‘मंगलसेनकी महिला हुन्,’ उनले भने, ‘जन्मजात दृष्टिविहीन उनीमाथि जंगलमा करणी भएको देखिन्छ । आरोपीलाई पक्राउ गरिसकेका छौँ ।’ पक्राउ परेका रोकायाले बयानका क्रममा घटना स्वीकार गरिसकेका छन् । रोकाया विवाहित हुन् ।

उनका ६ छोराछोरी तथा नातिनातिना छन् । उनी दायाँ खुट्टाको अपांग रहेको खुलेको छ । मंगलसेन नगरपालिका– १३ की पीडित महिला सदरमुकामस्थित एक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेर मंगलसेन बजारमा बस्दै आएकी थिइन् । जिल्ला अपांग संघको बैठकमार्फत उनीहरूबिच मोबाइल नम्बर साटासाट भएको थियो । त्यो दिन उनले महिलालाई घुम्न जाउँ भनेर सँगै लगी सदरमुकाम मंगलसेनस्थित पालेवन सामुदायिक वनभित्र लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीमाथि मुद्दा दर्ता गरेर कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ भने महिलालाई सुरक्षित आवासगृहको संरक्षणमा राखिएको डिएसपी भण्डारीले बताए । २८ हप्तासम्मको गर्भपतन गराउने कानुनी व्यवस्था भए पनि अछामका कुनै पनि अस्पतामा यो सुविधा छैन । जिल्लामा रहेका अस्पतालहरूमा २८ हप्ताको गर्भपतन गराउने व्यवस्था नभएका कारण ती महिलालाई जिल्लाबाहिर सुविधा उपलब्ध अस्पताल पठाउनुपर्ने देखिएको छ । यसबारे थप छलफल र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।