
अमेरिकी डलर देखाउँदै ठगी गर्ने धन्दामा संलग्न ३४ वर्षीय बिष्णुबहादु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमातहतको इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।
बाह्रबिसेको सुनकोशी क्षेत्रबाट पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले ५० दरको १७ थान र १ दरको ५४८ थान अमेरिकी डलर बरामद गरेको छ। इप्रका बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए।