मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक प्रगतिको लागि थप सहकार्य गर्न भारतीय कूटनीतिज्ञको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:११:oo

काठमाडौंस्थित भारतीय दूतावासका नयाँ उपप्रमुख (डिसिएम) डा. राकेश पाण्डेले आर्थिक प्रगतिका लागि भारत र नेपालबिच औपचारिक तथा अनौपचारिक रूपमा सम्पर्क तथा संलग्नता बढाउन सुझाव दिएका छन्।

आज काठमाडौंमा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)द्वारा आयोजित राउन्ड टेबलमा डा. पाण्डेले लगानीको वातावरण अझ सहज बनाउन क्षेत्रगत रूपमा, सकेसम्म मासिक रूपमा बैठकहरू आयोजना गर्न पनि सुझाव दिए।

डा. पाण्डेले निक्कीलाई भारतका निजी क्षेत्रका संघसंस्थाहरूसँग सहकार्य बढाउन तथा दुवै देशका क्षमता र आवश्यकताहरूको अध्ययन थाल्न पनि आग्रह गरे। उनले दुवै देशबिचको परिपूरकतालाई अध्ययन गरी दुवै देशका नेतृत्वसमक्ष प्रस्तुत गर्न आवश्यक रहेको बताए। भौतिक तथा डिजिटल दुवै प्रकारका सम्पर्क विस्तारले लगानीका लागि पनि अनुकूल वातावरण बनाउन सहयोग पुर्‍याउने उल्लेख गर्दै उनले परम्परागत क्षेत्रबाहेक नयाँ क्षेत्रमा पनि सहकार्य गर्न सुझाव दिए। 

अन्तरक्रियामा भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले पनि द्विपक्षीय सम्बन्धबारे बोले। त्यसैगरी, निक्की अध्यक्ष सुनील केसीले डा. पाण्डेको स्वागत गर्दै नेपालमा भारतीय लगानीको चर्चा गरे र भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताए।

त्यस अवसरमा निक्की र भारतीय दूतावासबिचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै निक्कीका उपाध्यक्ष रवि रायवरमले नेपालमा आएका कुल प्रत्यक्ष वैदेशिक लगानी भारतको हिस्सा झन्डै ३५ प्रतिशत रहको जानकारी गराए। 

बैठकमा निक्कीका सदस्यहरूले व्यापार तथा पारवहन (ट्रान्जिट) समस्या, बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी समस्या र हालसालै भारतीय निजी क्षेत्रको प्रत्यक्ष वैदेशिक लगानीमा आएको कमीबारे चर्चा गरे। यद्यपि, जलविद्युत् क्षेत्रमा सरकार–सरकारबिच लगानी जारी रहेको भए पनि पछिल्ला वर्षहरूमा भारतीय निजी क्षेत्रको लगानीमा कमी आएकोलगायत नेपाल–भारत व्यापार तथा आर्थिक सम्बन्धसम्बन्धी विविध मुद्दाहरूमा चर्चा भएको थियो।