मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार १५:३१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कर्मचारीलाई ग्रान्डी अस्पतालमा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १५:३१:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्रान्डी हस्पिटलबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौताबमाेजिम इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीलाई ग्रान्डी हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुने बताइएको छ। साथै वेलनेस प्याकेजमा विशेष सहुलियत हुनेछ।

सम्पर्क व्यक्तिको सम्पूर्ण जानकारी  कम्पनीको आधिकारिक बेवसाइटमा हेर्न सकिन्छ। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बिमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app)मा रहेको प्रिभिलेज कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन्।

अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त सुविधाको लाभ लिन सक्ने बताइएको छ।