मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटाबाट खैरो हेरोइनसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

लागुऔषधसहित धनकुटाबाट ६ युवालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले धनकुटा बजारका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका– ६ फोक्लेनटापुका २७ वर्षीय एलन लिम्बू, धनकुटा नगरपालिका– ४ का २३ वर्षीय रोनिश थापा, धनकुटा नगरपालिका– ७ का २० वर्षीय उदय शाह र २२ वर्षीय रविन मल्लिक, धनकुटा नगरपालिका– ६ नासलचोकका २१ वर्षीय सफल नेवा खड्गी र धरान उपमहानगपालिका– १ का २५ वर्षीय धनबहादुर भुजेल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी इन्स्पेक्टर किशोर तामाङले बताए।

पक्राउ परेका युवाको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ९९० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकहरूलाई लागुऔषध कारोबारअन्तर्गतको मुद्दा दायर गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।