मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कावासोतीमा पोथी गैँडा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

नवलपुरको कावासोतीमा एउटा पोथी गैँडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान ७ बजेतिर कावासोती नगरपालिका– १५, गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रको वाँणखोलामा गैँडा मृत फेला परेको हो।

अन्दाजी ३०–३५ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको भनी स्थानीयले खबर गरेका थिए। उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

श्री नयाँ गोरख गण पश्चिम सेक्टर ख गुल्म अमलटारी र निकुञ्ज कार्यालय कसरा भेटेरेनरीसहितको टोली पोस्टमार्टमका लागि आउँदै गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।