मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

वसन्तपुर र इन्द्रचोकमा महानगरद्वारा ३१ लिटर अखाद्य तेल नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

काठमाडौँ महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत वसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गर्दा रेस्टुरेन्टहरूमा अखाद्य तेल प्रयोग भइरहेको भेटिएको छ।  महानगरको कृषि तथा पशुपक्षी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशाला (खाद्य अनुगमन भ्यान) को प्रयोग गरी चार रेस्टुरेन्ट र एक मिठाई पसलको अनुगमन गर्दा यस्तो भेटिएको हो। 

अनुगमनका क्रममा चार रेस्टुरेन्टमा प्रयोग भएको तार्ने तेलको गुणस्तर टोटल पोलर मेटरियल  उपकरणद्वारा जाँच भएको थियो ।  जाँचमा दुई रेस्टुरेन्टको तार्ने तेल मापदण्डविपरीत रहेको पाइएपछि व्यवसायीको रोहबरमा २२ लिटर र नाै लिटर गरी कुल ३१ लिटर अखाद्य तेल नष्ट गरिएको महानगरपालिकाले जनाएको छ। यस्तै, मिठाई पसलको नमुना संकलन गरी परीक्षण गर्दा सबै मिठाईहरू मापदण्डअनुरूप रहेको पाइएको छ । 

टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम राख्न, सरसफाइमा ध्यान दिन, तार्ने तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी खाद्यवस्तु छुट्टै भण्डारण गर्न, एप्रोन, हेयरनेट र मास्क अनिवार्य प्रयोग गर्न तथा कानुनसम्मत ढंगले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।