मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तमोर नदीमा टिपर खस्दा एकजना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६, लेलेपस्थित तमोर करिडोरमा टिपर दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सोमबार दिउँसो करिब २ बजेको समयमा तमोर फाइभ हाइड्रोपावरमा प्रयोग भइरहेको ग.१क ६३१८ नम्बरको टिपर जाँच गर्ने क्रममा दुर्घटना भएको हो।

सोही हाइड्रोपावरमा मेकानिकको रूपमा कार्यरत तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका– ४ निवासी करिब २४ वर्षीय सुदीप सुवेदीले बिग्रिएको टिपर चेकजाँच गर्दै थिए। सोही क्रममा अचानक सन्तुलन गुमाउँदै टिपरसहित सुवेदी करिब २५ मिटर तल तमोर नदीमा खसेको अनुमान गरिएको छ।

घटनाको जानकारी दिउँसो २ः३० बजेको समयमा लुङथुङ प्रहरी चौकीमा पुगेपछि प्रहरी निरीक्षक टंकबहादुर बस्नेतको कमान्डमा प्रहरी टोली खटिएको थियो। टोली घटनास्थल पुगेपछि टिपर तमोर नदीमा उल्टिएको अवस्थामा फेला परेको छ भने सुदीप घटनास्थलमा फेला परेका छैनन्। उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको स्थान लुङथुङ प्रहरी चौकीबाट करिब तीन किलोमिटर पूर्वतर्फ पर्छ। घटनाको थप अनुसन्धान र उद्धार प्रयासहरू जारी रहेको प्रहरीले जनाएको छ।