
काठमाडौंमा आज कबाड व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । कबाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाले कबाड संकलन र भण्डारणमा रोक लगाएको निर्णयको विरोधमा भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौँ प्लाजासम्म र्यालीसहित प्रदर्शन गरिएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र कबाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाउँदै आएको छ, जसको कारण प्रभावित व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले यो निर्णयले आफूहरूको रोजगारी खोसिएको भन्दै आपत्ति जनाएका छन् ।
कबाड संकलक र व्यवसायीहरूले मेयर बालेन शाहप्रति असन्तुष्टि जनाउँदै निर्णय फिर्ता लिन माग गरेका छन् ।
तस्बिरहरू :