मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुख रानालाई अमेरिकी सिनेटरले गरे सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

उपसभामुख इन्दिरा रानालाई अमेरिकी सिनेटरले सम्मान गरेका छन्। हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानालाई मेरिल्यान्डका सिनेटर कार्ल ज्याक्सनले आइतबार एक समारोहबिच सम्मान गरेका हुन्।

नेतृत्वदायी भूमिका, मानवीय सेवा, लोकतन्त्र र अल्पसंख्यक समुदायको उत्थानका लागि प्रेरणादायी भूमिका खेलेको भन्दै सिनेटर ज्याक्सनले सम्मान गरेका हुन्। उनले जेलमा रहेका मानिसहरूका बच्चाहरूको सेवामा समर्पित उपसभामुख रानालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी सामाजिक कामका लागि शुभकामना दिए।

कार्यक्रममा उपसभामुख रानाले लोकतन्त्र बहुमतको प्रणाली भए पनि अल्पसंख्यकलाई पनि समेटेर लैजानु राज्यको दायित्व भएको बताइन्। उनले विश्वमा मानवता, करुणाभाव जरुरी रहेको बताइन्।

कार्यक्रममा प्रवासी नेपालीहरूको पनि सहभागिता थियो।