
रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। साेमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।
सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।