मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:५३:oo
Read Time : < 1 मिनेट
समाचार

विपिन जोशीका परिवारले भेटे इजरायली परराष्ट्रमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:५३:oo

इजरायली परराष्ट्रमन्त्री गिडियन साआरले हमास आतंककारी समूहद्वारा अपहरण गरिएका नेपाली नागरिक विपिन जोशीका परिवारसँग सोमबार भेट गरेका छन् । नेपाली नागरिक विपिन जोशीलाई हमास आतंककारीहरूले अपहरण गरेका थिए।

विपिन जोशी इजरायलमा अध्ययनरत कृषिशास्त्रका विद्यार्थी हुन्। ‘उनलाई किब्बुट्ज आलुमिमबाट निर्ममतापूर्वक अपहरण गरिएको थियो। २०२३ नोभेम्बरदेखि उनको यथार्थ अवस्स्था प्राप्त भएको छैन । उनको जीवनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ’ इजरायली परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा  भनेको छ ।

परराष्ट्रमन्त्री साआरले इजरायलले आफ्ना मात्र नभई गैरइजरायली नागरिकहरू समेत, जस्तै विपिन जोशीलाई, सकुशल फर्काउने प्रतिबद्धता जनाएका छन् ।

विपिनका परिवारको इजरायल भ्रमण परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालयअन्तर्गतको बन्धकसम्बन्धी निर्देशक, बन्धक तथा बेपत्ता समन्वयकर्ता तथा राष्ट्रिय बीमा संस्थानको संयुक्त प्रयासमा सम्पन्न भएको परराष्ट्रले जनाएको छ।

भेटमा विपिनकी आमा पद्मा जोशी र दिदी पुष्पा जोशीसँगै इजरायलस्थित नेपालका राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए ।

इजरायली परराष्ट्रमन्त्री गिडियन साआरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विपिन जोशीको विषयलाई लिएर कूटनीतिक पहल समन्वय गर्न पटक–पटक कुराकानी गरेका थिए।