मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फर्किए भारतीय विदेशसचिव

विदेश मन्त्रालयले भन्यो : दुवैपक्षलाई अनुकुल हुने मितिमा प्रधानमन्त्रीको भारत भ्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै पक्ष नेपाल र भारतका प्रधानमन्त्रीलाई अनुकुल हुने मितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

विदेश सचिब मिश्री स्वदेश फर्केपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा हस्तान्तरण गरेको उल्लेख छ । 

‘विदेश सचिब मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिनुभएको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभयो’ भारतीय राजदुताबासमार्फत् सञ्चारमाध्यमलाई प्रेषित विदेश मन्त्रालयको विज्ञप्तिम भनिएको छ ।

विदेश सचिब मिश्री सोमवार स्वदेश फर्केका छन् । विज्ञप्तिमा नभनिए पनि प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भइसकेको छ । प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच यसपटक भारतको विहारस्थित बोधगयामा हुने गरी तयारी भइरहेको परराष्ट्रका अधिकारीहरुले बताएका छन् ।  

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्रीले आइतवार र सोमवार नेपालको औपचारिक भ्रमण गरेका थिए । मिश्रीले राष्ट्रपति  रामचन्द्र पौडेल, प्रधानमन्त्री श्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गरी उनीहरुलाई भारतीय नेतृत्वकोका तर्फबाट शुभकामना दिएका थिए ।  मिश्रीले उनीहरुलाई  दुई देशबीचका पारस्परिक लाभका द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरुमा भएको प्रगतिबारे जानकारी गराएका थिए । 

आइतवार साँझ दुई देशका परराष्ट्रसचिबहरुले  द्विपक्षीय पहलहरुमा भएका प्रगतिको समीक्षा गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणका लागि समभावित एजेन्डा, सम्भावित परिणामसहित थप सहकार्यका अबसरका बिषयमा छलफल गरेको विदेश मन्त्रालयले जनाएको छ । ‘दुवै पक्षले भौतिक कनेक्टिभिटी, डिजिटल कनेक्टिभिटी, रक्षा र सुरक्षा तथा ऊर्जा सहकार्य सहित द्विपक्षीय सहकार्यका विविध क्षेत्रहरुमा हालैका वर्षहरुमा भएका ठोस प्रगतिमा सन्तुष्टि व्यक्त गरे’ विदेश मन्त्रालयले भनेको छ ।

मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । सोमवार उनले मधेशकेन्द्रित दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादब, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, बृशेषचन्द्र लालसँग सामूहिक भेटवार्ता गरेका थिए । रास्वपाका नेताद्धय डा स्वर्णिम वाग्ले र शिशिर खनालसँग पनि विदेश सचिब मिश्रीले भेटवार्ता गरेका थिए । मधेशकेन्द्रित दलका नेताहरुसँगको भेटमा संविधान संशोधन लगायतका बिषयमा पनि संक्षिप्त चर्चा भएको लोसपा नेपालका महासचिब डा सुरेन्द्र झाले जानकारी दिए । 

मिश्रीले  प्रधान सेनापति अशोक राज सिग्देलसँग शिष्टाचार भेट गरेका थिए र त्यसपछि नेपाली सेनालाई लाइट स्ट्राइक भेहिकल एलएसभी, क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट र सैन्य जनावरहरु सहित रक्षा सामाग्रीहरु र उपकरणहरु हस्तान्तरण गरेका थिए । 

विदेश मन्त्रालयले भनेको छ, ‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशहरु बीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै यसले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मद्दत गरेको छ ।’