मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा बन्दीपुरको सिद्ध गुफा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

वि.सं २०४४ साल तिर मात्र पत्ता लागेको बन्दिपुरको सिद्ध गुफा सजिलै भित्र पस्न सकिने अवस्थामा छ। भित्र पस्दा निसासिने र कुनै अप्ठ्यारो महसुस हुँदैन। मुख्य सडकबाट करिब ३० मिनेट जति हिँडेपछि मात्र पुग्न सकिने उक्त्त गुफामा पुग्नको सिँढीको राम्रो बाटोको व्यवस्था गरिएको छ।  

थोरै पर्यटकहरू मात्र पुग्ने गरेको उक्त गुफामा समय समयमा केही मानिसहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेकोजस्तो देखिन्छ। गुफाभित्र चुन ढुंगा पग्लेर बनेका अनेकौँ आकृति हेर्न लायक छन् । कतै श्रीपेच कतै भगवानको मूर्ति त कतै चराचुरुंगी र जनावरका आकृति भेटिन्छ।

गुफाको करिब २०० मिटर भित्र गएपछि ठुलो बैठक कोठाजस्तै खाली भाग रहेको छ । गुफामा चमेराहरू प्रशस्तै छ । सिद्ध गुफा विकास समितिले गाइडको पनि व्यवस्था गरेको छ ।

गाइड लिएर गएमा थप शुल्क लाग्छ । गुफा अध्यारो हुने भएकाले चहकिलो टर्च लाइटको आवश्यकता पर्दछ । समितिले नेपालीका लागि ५० रुपैयाँ र विदेशी नागरिकका लागि १०० रुपैयाँ प्रति व्यक्ति प्रवेश शुल्क लिने गरेको छ ।