मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका म्याग्दी
Invalid date format १३:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना महामारीमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्केन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन । 

कोरोना महामारी सुरु हुनुअघि ०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । 

घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रिने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्यांक राख्ने गर्छन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आव ०८१/८२ मा ३० हजार ८६५ जना पर्यटकले म्याग्दीका पर्यटकीय स्थलको अवलोकन गरेका छन् । 

आर्थिक वर्ष ०८०/८१ मा ३१ हजार ३३४ र आव ०७९/८० मा २९ हजार ३२८ तथा आव ०७८/७९ मा सात हजार ९२६  विदेशी पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । छिमेकी जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने पर्यटकको अभिलेख भने राख्ने गरिएको छैन ।

धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड,  अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् । 

म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका– ६ मा रहेको घोडेपानी र पुनहिल क्षेत्र पर्ने गरेको छ । घोडेपानीको होटेल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले पर्यटक आगमन अपेक्षाकृत नभएको बताइन्। नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु तथा भएका पर्यटकीयस्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको उनको भनाइ छ । 

आव ०७६/७७ मा ५० हजार, आव ०७५/७६ मा ७५ हजार १९१, आव ०७४/७५ मा ७४ हजार ७३३, आव ०७३/७४ मा ६९ हजार ८३७ तथा आव ०७२/७३ मा ४३ हजार ६३२ विदेशी पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए ।