मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन् : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:२७:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दलले कमजोरी स्वीकार गरेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा घट्ने बताए।

सरकार हाबी हुने प्रवृत्तिका कारण संसदमा उठ्ने जनताका आवाज कमजोर भएको बताए। संसद् सत्तापक्षको संख्याको छायामा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्ने बताए।

उनले भने, ‘सत्तापक्ष बहुमतमा हुने भएका कारण सरकारका प्रस्तावहरू सजिलै संसद्बाट पारित हुन्छ। प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ । यसलाई बदल्नुपर्छ ।’

संसदमा कतिपय सांसदको भूमिकालाई लिएरसमेत प्रश्न उठाउँदै केही सांसदले संसद्को पूरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको बताए।

संसद्लाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने बताए।