मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
गगन अयडी बाजुरा
२o८२ भदौ १ आइतबार १५:oo:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हिमाली गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत वितरण

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १५:oo:oo

बाजुराको हिमाली गाउँपालिका– ५ मा गत साउन २८ गते आएको बाढीबाट प्रभावित १३ घरपरिवारलाई राहत वितरण गरिएको छ। घर पूर्ण क्षति भएका गोलीका ११ र बिउरीका दुईसहित १३ परिवारलाई गाउँपालिकाले खाद्यान्न र भाँडाकुँडा वितरण गरेको हो।

लगाएको अन्नबालीमा भएको क्षतिको विवरण यकिन भएको छैन। क्षतिको विवरण संकलन गर्ने तयारी भएको वडा नं. ५ का वडाध्यक्ष प्रदीप थापाले बताए। 

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहितले स्थलगत बाढीपहिरो अनुगमन गरेर खाद्यान्न, भाँडाकुँडा र त्रिपाललगायतका सामग्री वितरण गरिएको स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताए।