मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ १ आइतबार १४:४३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रथयात्राका क्रममा डिभाइडरका फूल जोगाउन विराटनगरमा स्वयंसेवक परिचालन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १४:४३:oo

आज आइतबार निस्कने राधाकृष्ण रथयात्राका लागि विराटनगर महानगरपालिकाले डिभाइडरमा रोपिएका फूलको संरक्षण गर्न पाँच सय स्वयंसेवक परिचालन गरेको छ। सडक किनारमा करिब आठ हजार बिरुवा आफ्नै पहलमा रोपेर संरक्षण गर्दै आएका हरियाली अभियन्ताहरूले रुख–बिरुवा नभाँच्न, प्लास्टिक गिलास र बोतल जथाभावी नफ्याँक्न अपिल गरेका छन्।

विराटनगरका हरियाली अभियन्ताहरूले महानगर र आपपासका पालिकाहरूमा गएर रथयात्रामा सहभागी हुन निम्तो दिँदै सडक किनारमा रोपिएका रुख–बिरुवा जोगाउन तथा पानी र सर्वत पिएर गिलास र बोतल जथाभावी फ्याँकेर फोहोरमैला नगर्न सर्वसाधारणसँग अपिल गरेका हुन्।

यता विराटनगर महानगरपालिकाले सडकको डिभाइडरमा रोपिएका फूल जोगाउन तालिम दिएर पाँच सय स्वयंसेवक युवलाई परिचालन गरेको छ।

यसैगरी, रथयात्रामा आउने भक्तजनलाई शौचालय प्रयोग गर्न सहज बनाउन सरकारी–निजी कार्यालय, विद्यालय र घरपसलहरूले एक दिनका लागि शौचालय खुला गर्नुपर्ने सुझाव पनि अभियन्ताहरूले दिएका छन्। प्रत्येक वर्ष करिब एक लाख भक्तजन सहभागी हुने रथयात्रामा शौचालय र फोहोर व्यवस्थापन ठुलो चुनौती हुने गरेको छ।

मोरङका एसपी नारायणप्रसाद चिमोरियाका अनुसार रथयात्रा शान्तिपूर्ण बनाउन तीनघेरे सुरक्षा नीति बनाएर १२ सय प्रहरी परिचालन गरिएको छ। प्रहरीले यात्रामा आउने भक्तजनलाई महँगा गरगहना र सामान नबोक्नसमेत आग्रह गरेको छ।

आज राधाकृष्ण रथयात्रा अपराह्न ३ बजे विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई विराटनगर बजार परिक्रमा गरेर करिब ७ किलोमिटर यात्रा गर्नेछ। विराटनगरमा १९८८ सालमा खटयात्राका रूपमा सुरु भएको यो परम्परा २०२५ सालदेखि रथयात्रामा रूपान्तरित भएर निरन्तर सञ्चालन हुँदै आएको छ।