मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुवाखोला र अपर चुवा लुरुप्या जलविद्युतकाे बढाइयो क्षमता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

कर्णाली प्रदेशको हुम्लामा बन्ने दुई जलविद्युत् परियोजनाको क्षमता बढाइएको छ । प्रवर्द्धक कम्पनीहरूले हुम्लामा बन्ने चुवाखोला र अपर चुवा लुरुप्या अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको क्षमता बढाएर निर्माण गर्न लागेका हुन् । सर्वेक्षणका क्रममा परियोजनाको क्षमता बढाउन सकिने देखिएपछि प्रवर्द्धक कम्पनीहरू यस्तो निर्णयमा पुगेका हुन् ।

पोर्टफोलियो इनर्जी प्रालिले एक सय तीन मेगावाट क्षमतामा बनाउने गरी अपर चुवा लुरुप्या खोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको थियो । सर्वेक्षणपश्चात् परियोजनालाई ११०.२ मेगावाट क्षमतामा बनाउन सकिने देखिएको छ । हाल यस परियोजनाले विद्युत् उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । यसमा मलेसियन कम्पनी ओएचपी नेपाल (ओएचपी नेपाल इनकर्पोरेटेड) पनि आबद्ध छ ।

यस्तै, चुवाखोला जलविद्युत् परियोजनाको क्षमता ७० मेगावाटबाट बढाएर ९८.१७ मेगावाट पुर्‍याइएको छ । यसको प्रवर्द्धक कम्पनी बिजबेल इनर्जी प्रालि रहेको छ । पहिला यस आयोजनालाई ७० मेगावाट क्षमतामा बनाउने गरी सर्वेक्षण अनुमति लिइएको थियो । सर्वेक्षणका क्रममा परियोजनाको क्षमता बढ्ने देखिएको हो । यो परियोजनाले पनि उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

यी दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसकेको छ । सर्वेक्षण अनुमतिपत्रको पाँच वर्षको म्याद २८ मंसिर ०८१ मा सकिसकेको हुनाले आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको प्रक्रियामा रहेको छ । 

११०.२ मेगावाटको अपर चुवा खोला आयोजनाको अनुमानित निर्माण अवधि चार वर्ष रहेको छ भने निर्माण लागत २२ अर्ब ८५ करोड आठ लाख रुपैयाँ अनुमान गरिएको छ । ९८.१७ मेगावाटको चुवाखोला आयोजना बनाउनका लागि १७ अर्ब ६९ करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।