मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय विदेशसचिव मिश्री काठमाडाैं आइपुगे : प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

भारतीय विदेशसचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शनिबार मिश्रीको भ्रमण–तालिका सार्वजनिक गरेका छन् । विदेशसचिव भएपछि उनी दोस्रोपटक नेपाल आएका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार विदेशसचिव मिश्रीका अधिकांश भेटवार्ता आइतबारै हुनेछन् । आइतबार नै नेपाल र भारतका परराष्ट्रसचिवहरूबिच औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक अन्य विषयलगायत नेपाल–भारत साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशसचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो 

स्रोतका अनुसार उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् । प्रधानमन्त्री ओली भदौ अन्तिममा भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ ।

ओलीले अनौपचारिक निम्तो पाइसकेका छन् । औपचारिक निम्तोका लागि विदेशसचिव मिश्री नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भ्रमणको कार्यतालिका सार्वजनिक नगरे पनि प्रधानमन्त्री कार्यालयले ३१ भदौदेखि १ असोजसम्म ओली भारत भ्रमणमा जाने तय भएको जनाएकाे छ ।