मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५५:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : स्टिभ जब्ससितको काम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५५:oo

स्टिब जब्सलाई मानिस भिजन र उद्यमशीलताका लागि निकै लामो समयसम्म सम्झिरहनेछन् । केही मानिस उनलाई मन पराउँदैनन् पनि । किनकि, व्यक्तिगत जीवनमा उनी त्यति राम्रा मानिस थिएनन् । एप्पल कम्पनीका सर्वेसर्वा भएका नाताले उनी निकै निर्मम मालिक थिए । उनका साथमा काम गर्नु निकै कठिन थियो । सानासाना गल्तीमा आफ्ना मिहिनेती कर्मचारीको जागिर खोस्न उनलाई कुनै संकोच लाग्दैनथ्यो । ‘बेस्टसेलर’ किताब ‘रिच ड्याड, पुअर ड्याड’का लेखक रिचर्ड कावासाकीले पनि कुनै समयमा जब्ससित एप्पलमा काम गरेका थिए । जब्ससित काम गर्दाको उनको अनुभव यस्तो छ : 

एक दिन जब्स मेरो क्याबिनमा कोही एक अपरिचित व्यक्तिका साथ आए । उनले ती व्यक्तिसित मेरो परिचय नगराईकनै सोधे– नोवेयर कम्पनीबारे तिम्रो के राय छ ? मैले जब्सलाई भनेँ– त्यस कम्पनीका उत्पादन खराब, दिक्कलाग्दा र अत्यन्त साधारण छन् । तिनमा केही यस्तो विशेष छैन, जससित एप्पलको कुनै चासो होस् । यो कम्पनी बेकार छ । एकछिन मेरो बकबक सुनिसकेपछि जब्सले भने– उहाँसित चिनजान गर, उहाँ हुनुहुन्छ, नोवेयरका सिइओ आर्ची म्याक्गिल ! उफ्, यो तपाईंले के गर्नुभयो स्टिभ ? मैले मनमनै आफैँसित भनेँ । यस घटनामा खास कुरा के थियो त ? मैले जब्सको ‘आइक्यु टेस्ट’ पास गरेर देखाएँ । मैले त्यस कम्पनीबारे राम्रो कुरा बताएको भए, जब्सलाई थाहा हुने थियो कि मलाई केही पनि थाहा छैन । र, त्यो नै एप्पलमा मेरो अन्तिम दिन हुने थियो । 

जब्सका साथमा काम गर्नु निकै कठिन थियो । उनी आफूमातहत काम गर्ने कर्मचारीमा यस्तो कुशलता चाहन्थे, जुन दुर्लभ हुन्छ । तपाईं यस खेलमा माथिल्लो स्थानमा रहनुभएन भने गायब हुनुहुन्थ्यो । अन्य स्थानमा काम गर्दाको समयमा यति धेरै सिक्न पाइनँ वा सकिनँ, जे मैले एप्पल म्याकिन्टोसमा सिकेँ । यस अनुभवले मलाई परिणामको चिन्ता नगरीकनै साँचो बोल्नुपर्छ भन्ने पाठ सिकायो ।