मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टप एन्ड टी-२० शृंखला : नेपाललाई १८७ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलामा बंगलादेश ‘ए’ले नेपाललाई एक सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८६ रन बनायो।  

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ७३ रन बनाए। यसैगरी, अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।

नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन्। यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान साहिन्ससँग ७९ को हार बेहाेरेका थिए।