मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुई पूर्वडिआइजी, पूर्वकर्णेलसहितका अधिकारी रास्वपामा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:३८:oo

सशस्त्र प्रहरी बलका तीन उच्च अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन्। पूर्वडिआइजीद्वय बिदुर खड्का र दुर्गा भट्टराई तथा पूर्वएसएसपी विश्वेश्वर थापा बिहीबार रास्वपामा आबद्ध भएका हुन् । 

त्यस्तै, नेपाली सेनाका पूर्वकर्णेल प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेका छन्। 

नेपाली कांग्रेस निकट ट्रेड यूनियनका पूर्वउपाध्यक्ष ललितबहादुर श्रेष्ठ तथा अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्वउपाध्यक्ष शोभा जोशीले पनि रास्वपाको सदस्यता लिएका छन् । पार्टीका कार्यवहाक सभापति डिपी अर्यालले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्। उनीहरुको प्रवेशबारे रास्वपाले भनेको छ ‘देशको सुरक्षाको पहिलो पंक्तिबाट सेवा गरेका, अनुशासन, त्याग र नेतृत्वको प्रतिमूर्ति यी तीन व्यक्तित्वहरू आज स्वच्छ राजनीति र इमानको यात्रामा संगठित भएका छन् । यो केवल सदस्यता ग्रहण होइन—यो त सडेको राजनीतिविरुद्धको विद्रोहको घण्टी हो, सुशासन र पारदर्शिताको घोषणापत्र हो ।

पछिल्लो दैनिक औसतमा एक हजार जनाले रास्वपाको सदस्यले लिइरहेको पार्टी प्रवक्ता मनिष झाले बताए ।