मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
एजेन्सी जम्मू कस्मिर
२o८२ श्रावण २९ बिहीबार २o:४५:oo
Read Time : < 1 मिनेट
विश्व

भारतकाे जम्मु-कस्मिरमा क्लाउड ब्रस्टपछिकाे बाढीपहिराेमा परी ३८ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता 

Read Time : < 1 मिनेट
एजेन्सी, जम्मू कस्मिर
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार २o:४५:oo

भारतको जम्मु-कस्मिरको किस्तबाडको चासोती क्षेत्रमा बादल फुट्दा (क्लाउड ब्रस्ट) आएकाे बाढीपहिराेमा परी तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ । बिहीबार बिहान साढे ११ बजेतिर भएको क्लाउड ब्रस्टका कारण एक्कासि बाढी आएको थियो । 

किस्तबाडका डिसीले हालसम्म ३८ जनाको मृत्यु भइसकेको र एक सयभन्दा बढी बेपत्ता रहेको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बादल फाटेका कारण उक्त स्थानमा अचानक बाढी आएको थियो। यो ठाउँ प्रसिद्ध धार्मिकस्थल मचैल माता यात्राको सुरुवात बिन्दु पनि हो।

एजेन्सीहरूका अनुसार किस्तबाडका उपायुक्त पंकज शर्मालाई उदृत गर्दै राहत र उद्धारका लागि टोलीहरू घटनास्थलमा खटाइएको छ। किस्तबाड डिसी कार्यालयका अनुसार कम्तीमा ७० जना स्वास्थ्य संस्थाहरूमा भर्ना गरिएको छ। मृतकको संख्या बढ्ने अनुमान छ।

जम्मु- कस्मिरको मुख्यमन्त्री कार्यालयले हेल्प डेस्क र कन्ट्रोल रुम नम्बरहरू जारी गरेको छ। साथै, मुख्यमन्त्री उमर अब्दुल्लाहले १५ अगस्टको साँझ ‘एट होम’ चिया पार्टी रद्द गरेका छन्। यसबाहेक, स्वतन्त्रता दिवसको बिहान सांस्कृतिक कार्यक्रम नगर्ने निर्णय पनि गरिएको छ।

जम्मुका डिभिजनल कमिसनर रमेश कुमारका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे किस्तबाडको चासोती क्षेत्रमा बादल फुटेको सूचना प्राप्त भएको छ। 

अघिल्लाे साता भारतकाे उत्तराखण्ड उत्तरकाशीमा पनि बादल फुट्दा कैयाैँकाे हताहती भएकाे थियाे।