मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format २२:५१:oo
Read Time : < 1 मिनेट
समाचार

खर्च कटौती र पारदर्शितामा जोड दिन मुख्यमन्त्री बानियाँको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:५१:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशका मन्त्रालय र सरकारी निकायहरूमा हुने अनावश्यक खर्च तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

बुधबार प्रदेशका मन्त्रालयका सचिवहरूको बैठकमा मुख्यमन्त्री बानियाँले सार्वजनिक खर्च कटौती गर्दै आर्थिक सुशासन कायम गर्नुपर्नेमा जोड दिएका हुन् । उनले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा बनाएर काम गर्न आग्रह गरे ।

मुख्यमन्त्री बानियाँले कामको गुणस्तर सुधारका लागि ‘काम नगरी तलब खाने’ प्रथा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै कर्मचारीको कार्यक्षमता वृद्धिमा जोड दिन निर्देशन दिए । उनले सरकारका महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न गर्न, कार्यव्यवस्था र जिम्मेवारीमा ढिलाइ नगरी एकताबद्ध भएर काम गर्न आह्वान पनि गरे ।

उनले बैठक तथा संरचना सम्बन्धी प्रस्तावहरू समयमै तयार पार्ने, सरकारी साधनस्रोतको दुरुपयोग रोक्ने, चाँडो नतिजा दिने र समयमै न्याय दिलाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।

नीति, निर्णय र कार्यान्वयनलाई तीन स्तम्भ मानेर नीति स्पष्ट, निर्देशन छिटो र सेवा समयमै उपलब्ध हुने प्रणालीलाई मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।