मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ श्रावण २८ बुधबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार

गत साल राेशीमा आएकाे बाढीले बगाएका पाँचमध्ये चार झोलुंगे पुल बन्ने

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १८:५२:oo

गत १०–१२ असोज ०८१ मा परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएका झोलुंगे पुल पुनर्निर्माण हुने भएका छन्। रोशी–९ नार्के र तेमाल–५ गिम्दी जोड्ने, रोशी–७ कटुञ्जे र रघुचौर जोड्ने, रोशी–३ सिहाले र नमोबुद्ध–६ खाक्सी जोड्ने र रोशी गाउँपालिका–१ र ३ को सिमाना र नमोबुद्ध–८, पिपटार जोड्ने झोलुंगे पुल निर्माण हुने भएका हुन् ।

रोशी खोलाको बाढीले पाँचवटा झोलुंगे पुल बगाएको थियो । तीमध्ये चारवटा बन्ने भएका हुन् । झोलुंगे पुल निर्माणको लागि रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामासहित प्राविधिक टोली र स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत झोलुंगे पुल महाशाखाका प्राविधिक टोली बुधबारदेखि प्राविधिक तथा स्थलगत अध्ययनमा छ । 

बाढीले बगाएको झोलुंगे पुल पुनः निर्माणका लागि निकै प्रयासपछि स्रोत सुनिश्चित भएर बन्ने प्रक्रिया सुरु भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। ‘बाढीले झोलुंगे पुल बगाएपछि विद्यार्थीहरू तथा स्थानीयवासीलाई रोशी खोला वारपार गर्न असहज भएको छ । त्यसपछि हामीले पुल पुनः निर्माणका लागि निरन्तर पहल गर्यौँ । यसपाली संघीय सरकारद्वारा चारवटा झोलुंगे पुल निर्माणको लागि स्रोत सुनिश्चित गरेको छ,’ अध्यक्ष लामाले भने, ‘झोलुंगे पुल महाशाखाका प्राविधिकसहितको टोली प्राविधिक अध्ययनमा जुटेको छ । त्यसपछि बोलपत्र आह्वान गरेर पुल बन्छ ।’ पुल बनेपछि स्थानीय विद्यार्थी र स्थानीयवासी लाभान्वित हुने उनको भनाइ छ । 

बाढीले रोशी गाउँपालिकामा निर्माणाधीन डम्फु जीवन्त संग्रहालय, औद्योगिक ग्रामको प्रशासनिक भवन, १० शय्या अस्पताल भवन, एक पक्की पुल र पाँचवटा झोलुंगे पुल बगाएको थियो।