Skip This
बागमती प्रदेश सभाको अस्थायी भवन साढे चार वर्षमा सम्पन्न, २७ साउनदेखि बैठक सञ्चालन हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार १९:४१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभाको अस्थायी भवन साढे चार वर्षमा सम्पन्न, २७ साउनदेखि बैठक सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १९:४१:oo

बागमती प्रदेश सभाको भवन यही २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार उक्त दिन बस्ने प्रदेश सभाको बैठक नयाँ भवनमा आयोजना गरिने तयारी गरिएको छ। यसदिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम छ।

सचिव पौडेलका अनुसार सभा हलको भित्री सम्पूर्ण काम सकिएको छ भने माइक र जेनेरेटर जडानको अन्तिम तयारी भइरहेको छ। ‘माइक र जेनेरेटरको काम सोमबारसम्म सकिन्छ। त्यसपछि २७ गतेको बैठक नयाँ भवनबाटै सञ्चालन हुनेछ,’ पौडेलले भने।

झन्डै साढे चार वर्षअघि १० मंसिर २०७७ मा शिलान्यास गरिएको यो अस्थायी भवनको निर्माण कार्य बल्ल सकिएको हो। नयाँ भवन सञ्चालनमा आएपछि प्रदेश सभाको बैठक र कार्यसञ्चालनमा सहजता हुने सचिव पौडेलले बताए।