Skip This
वनमाथिको भार घटाउन ५० प्रतिशत अनुदानमा उपभोक्तालाई विद्युतीय चुलो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वनमाथिको भार घटाउन ५० प्रतिशत अनुदानमा उपभोक्तालाई विद्युतीय चुलो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

कञ्चनपुरको एक सामुदायिक वनले वनमाथिको भार घटाउनका लागि उपभोक्ताहरूलाई विद्युतीय चुलो वितरण गरेको छ। कृष्णपुर नगरपालिका– ५, गुलरियाको हरियाली सामुदायिक वनले वनमाथि दाउराको (इन्धन)को भार घटाउन उपभोक्तालाई विद्युतीय चुलो वितरण गरेको हो।

हरियाली सामुदायिक वनका सहसचिव केशव दत्त विष्टले आइतबारदेखि उपभोक्ताहरूलाई विद्यतुीय चुलो सेट वितरण सुरु गरिएको बताए। सहसचिव विष्टले ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरिएको बताए। उनका अनुसार विद्युतीय चुलोसहित खाना पकाउने प्रेसर कुकर र कराइ पनि वितरण गरिएको छ।

सामुदायिक वनका कोषाध्यक्ष दिपेन्द्रबहादुर सिंहले उपभोक्ताहरूबाट निवेदन मागअनुरुप वितरण गरिएको बताए। उनका अनुसार प्रत्येक सेटमा ३ लिटरको कुकर, २६ इन्चको कराई र १ थान विद्युतीय चुलो समावेश छ।  यस अभियानबाट २५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

कोषाध्यक्ष सिंहले उक्त कार्यक्रम सफल भएसँगै थप कार्यक्रम सञ्चालनमा ल्याउने बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका रामबिक्रम ठाकुरले विद्युतीय चुलो वितरणबाट वन संरक्षणमा टेवा पुग्ने बताए। कृष्णपुर–५ का वडाध्यक्ष टेक पाण्डेले सामुदायिक वनको काम सराहनीय भएको बताए।