मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
Invalid date format १५:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १३ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

धनकुटा नगरपालिका– ८, टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को.२च २३०९ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बाँकीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले बताए।

घाइतेमध्ये धनकुटा– ८ का ४५ वर्षीय रेनुका राई र ९० वर्षीय हर्कलाल राई तथा धनकुटा– ७ का ३८ वर्षीय जितबहादुर राई र ६२ वर्षीय गुणराज श्रेष्ठको धरानमा उपचार भइरहेको छ। चतुरलाल डंगोल, रोनिता श्रेष्ठ, रिमा डंगोल, राजन राई, निशु लिम्बू, राम श्रेष्ठ, मोहन डंगोल, रविना डंगोल र रिमा डंगोलको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले बताएको छ।

टेकुनालास्थित भित्री ग्राभेल कच्ची सडकमा गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेको थियो।