
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
आज रंगशलाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिएका हुन्। रंगशला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इन्जिनियर सन्तोष आचार्यले रंगशलाको प्रगतिबारे जानकारी गराएका थिए । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए। भरतपुर महानगरपालिका– १५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशला निर्माणाधीन छ ।
रंगशाला २०८३ पुस २२ गतेसम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रंगशालाको निर्माण लागत रु. ७८ करोड ५० लाख ९१ हजार छ ।