मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
Invalid date format २३:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद

ताप्लेजुङ गोल्डकपको पहिलो खेलमा घरेलु टोलीलाई पराजित गर्दै इटहरी विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:o४:oo

लाखेजात्राको अवसरमा आयोजना गरिएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता शनिबार सुरु भएको छ । विगत वर्षहरूभन्दा फरक शैलीमा आयोजना गरिएको उद्घाटन समारोहले खेल र संस्कृतिको समायोजन गरी नयाँ अभ्यास सुरु गरेको छ ।

शनिबार भएको औपचारिक कार्यक्रम परम्परागत शैलीलाई परिवर्तन गर्दै प्रमुख अथवा विशिष्ट अतिथि विभाजन नगरी सबै सम्माननीय व्यक्तिहरूलाई समान मर्यादामा अतिथिका रूपमा आसनग्रहण गराइएको थियो । शुभकामना मन्तव्य वा औपचारिक सम्बोधन नराखी कार्यक्रम सिधैँ फुटबल खेलमार्फत सुरु गरिएको थियो ।

उद्घाटन समारोहमा स्थानीय संस्कृतिको समृद्ध झल्को देखिएको थियो । लिम्बू समुदायको च्याब्रुङ नाच (केःलाङ), नेवारको लाखे नाच, राईको चण्डी नाच, तामाङको सेलोलगायतका विविध सांस्कृतिक नृत्यहरूले समारोहलाई रंगीन बनाएका थिए । साथै, भानुजन माध्यमिक विद्यालयका विद्यार्थीले गोल्डकप झल्कने कलात्मक प्रस्तुति दिएका थिए भने मेचीसेन्ट मेरिच बोर्डिङ स्कूलका विद्यार्थीले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गर्दै द योङ ब्रदर्स क्लब, इटहरीले विजयी सुरुवात गरेको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार आइतबारको खेल साहारा क्लब, पोखरा र रेड स्टार फुटबल क्लब, झापाबिच हुनेछ । प्रतियोगितामा यसवर्ष आठ टोली सहभागी छन् । भारतको सिलगुढीस्थित लेजण्ड फुटबल एकेडेमी लगायत कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका चर्चित क्लबहरू रहेको आयोजक समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिए । 

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार राशिको नगद पुरस्कार पाउँनेछ । साथै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५० सिसी क्षमताको यामाहा मोटरसाइकल जित्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जनकारी दिए । ताप्लेजुङ गोल्डकपको विशेषता भनेको खेल हेर्न आउने स्थानीय दर्शकको अत्यधिक सहभागिता हो । यसवर्ष पनि हजारौं दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । प्रतियोगिता ३१ साउन शनिबारसम्म सञ्चालन हुने आयोजकले बताएका छन् ।