Skip This
तस्बिरमा जनैपूर्णिमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
Invalid date format o९:३५:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा जनैपूर्णिमा

Read Time : > 1 मिनेट
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं, काठमाडाैं
Invalid date format o९:३५:oo

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौंको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।

त्यस्तै पशुपति क्षेत्रमा रहेको भागवत सन्यास आश्रम एवं गुरुकुलका बटुकहरूले आज बिहानै स्नान गरेर पूजापाठ गरी विधिवत रूपमा रक्षाबन्धन एवं जनैपूर्णिमा मनाएका छन्।  आजको दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवित फेर्ने परम्पराअनुसार उनीहरूले रक्षाबन्धन एवं जनैपूर्णिमा मनाएका हुन्।
यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बस्ने गरिन्छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन्। स्नानपछि बटुकहरूले जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरेका हुन्। नयाँ पत्रिकाकर्मी अमुल थापासंजित परियारको क्यामेरामा कैद केहि तस्बिर :