Skip This
आदिवासी जनजातिको अधिकार र पहिचान संरक्षणमा मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
Invalid date format o९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आदिवासी जनजातिको अधिकार र पहिचान संरक्षणमा मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्व आदिवासी जनजाति दिवस २०२५ को अवसरमा शुभकामना दिँदै आदिवासी जनजातीको अधिकार, पहिचान र सांस्कृतिक धरोहरको संरक्षणमा प्रदेश सरकार सदैव प्रतिबद्ध रहने बताएका छन् ।

सन्देशमार्फत मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायलाई शुभकामना दिँदै सांस्कृतिक विविधता र आदिवासी समुदायको योगदानलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

यस वर्षको नारा ‘आदिवासी जनजातिहरू र कृत्रिम बौद्धिकता(AI): अधिकारको रक्षा, भविष्यको निर्माणु रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले आदिवासी जनजातीको पहिचान, परम्परा र ज्ञान प्रणालीको संरक्षण गर्दै नयाँ अवसरहरू सिर्जना गर्न सबैको साझा भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

सन्देशमा उनले तामाङ, नेवार, गुरुङ, मगर, थामी, चेपाङ, भोटे, थारू, युुवा, सुनुवार, मुकुलुङ, किरातलगायतका समुदायको परम्परागत सीप, संस्कृति र जीवनशैलीको प्रशंसा गर्दै यी समुदायले प्रदेशको सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचानलाई मजबुत बनाएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको भौगोलिक र सांस्कृतिक विविधता तथा विभिन्न आदिवासी समुदायका भाषा, संस्कृति र ज्ञान प्रणालीले प्रदेशलाई अझ समृद्ध बनाएको बताए। उनले सांस्कृतिक विविधता र भाषिक अधिकारको सम्मान गर्दै आत्मसम्मानसहितको सहभागिताले मात्र न्यायपूर्ण र समावेशी भविष्य निर्माण सम्भव हुनेमा जोड दिएका छन् ।

अन्त्यमा, उनले ऐक्यबद्धता, सहअस्तित्व र समान अधिकारको भावनासहित अघि बढ्न सबैलाई आग्रह गर्दै यस दिवसले अधिकार र पहिचान जोगाउँदै उज्ज्वल भविष्य निर्माणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।