
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को मिनी अक्सन शनिबार हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी फ्रेन्चाइज टोलीले एक सय ५० बाट ३७ जना खेलाडी मात्र खरिद–बिक्री हुने जनाएको छ । अक्सनका लागि छनोट भएका खेलाडीलाई टोलीले जुनसुकै ग्रेडबाट किन्न सक्छन् । गत वर्षको संस्करणमा आठ फ्रेन्चाइच टोलीले मार्कीबाहेक ८० खेलाडी अक्सनबाट अनुबन्ध गरेका थिए । दोस्रो सिजनको अक्सनअगाडि समग्रमा ३८ खेलाडी रिलिज भएका थिए ।
अक्सनको ग्रेड ‘ए’मा आठ खेलाडी छन् । यसैगरी ग्रेड ‘बी’मा ३५ र ग्रेड ‘सी’मा एक सय पाँच खेलाडी अक्सनमा छन् । क्यानले पहिलो संस्करणको एनपिएलको अक्सनमा ग्रेड ‘ए’ र ‘सी’बाट समान तीन र ग्रेड ‘बी’बाट चार खेलाडी अनिवार्य रूपमा खरिद गर्नुपर्ने नियम बनाएको थियो । क्यानले यसपटकको अक्सनमा सहभागी फ्रेन्चाइजलाई सहज बनाएको छ । यसपटक टोलीले आवश्यकताअनुसार जुनसुकै ग्रेडका खेलाडी किन्न सक्छन् ।
दोस्रो संस्करणको एनपिएल अक्सनमा आठ टोलीले धेरैमा ९० लाख खेलाडीमाथि खर्च गर्न पाउने प्रावधान क्यानले बनाएको छ । रिटेन गरेका खेलाडीको मूल्य घटाएर बाँकी रकमबाट टोलीले खेलाडी किन्नेछन् । क्यानसँगको सम्झौता भएअनुसार रिटेन भएका खेलाडीको मूल्य १० प्रतिशतले वृद्धि हुनेछ । रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’मा रहेका खेलाडीको १० लाख ‘बी’मा रहेका खेलाडीको पाँच लाख र ‘सी’मा रहेका खेलाडीको दुई लाख कायम गरिएको छ । ग्रेड ‘ए’मा आदिल अन्सारी, शरद भेसवाकर, सूर्य तामाङ, सुनाम गौतम, पवन सर्राफ, देव खनाल, दिलीप नाथ र अर्जुन साउद छन् । यो श्रेणीमा रहेका खेलाडीको सुरुवाती बोली १० लाख र अधिकतम १५ लाख रुपैयाँसम्म रहेको छ ।
कुन टोलीमा कति खेलाडी आवश्यक ?
विराटनगर किंग्स
जनकपुर बोल्ट्स
चितवन राइनोज
काठमाडौं गुर्खाज
पोखरा एभेन्जर्स
लुम्बिनी लायन्स
कर्णाली याक्स
सुदूरपश्चिम रोयल्स