Skip This
उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५८:oo

उपत्यकाव्यापी बौद्ध इन्टरनेसनल इन्टरस्कुल बास्केटबल (बिआइबी) प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

आठौँ संस्करणको प्रतियोगिता नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भीमसिंह गुरुङको प्रमुख आतिथ्यता तामा बौद्ध इन्टरनेसनल स्कुलमा सुरु भएको हो। १९ दिनसम्म चल्ने प्रतियोगितामा छात्र र छात्रा समूहका गरी ३७ टोली उपाधि होडमा छन्।

प्रतियोगिताका आयोजक बौद्ध इन्टरनेसनल स्कुलका प्रधानाध्यापक हरि लामाका अनुसार यो वर्ष २५ वटा विद्यालय सहभागी छन्। ‘आठाैँ संस्करणमा २१ छात्र र १६ छात्रा टोला सहभागी छन्,’ उनले भने।