Skip This
लक्ष्मी सनराइजका तीन म्युचुअल फन्डको प्रतिफल घोषणा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार o९:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी सनराइजका तीन म्युचुअल फन्डको प्रतिफल घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार o९:५३:oo

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाको प्रतिफल (लाभांश) घोषणा गरिएको छ । लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेका तीन योजना ‘लक्ष्मी उन्नति कोष’, ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’ र सनराइज फोकस्ड इक्विटी फन्डले आर्थिक वर्ष ०८१/८२ को प्रतिफल घोषणा गरेका हुन् । 

क्यापिटलको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असार मसान्तमा कायम खुद सम्पत्ति मूल्य (न्याभ)का आधारमा लक्ष्मी उन्नति कोषको करसहित २०, सनराइज फर्स्ट म्युचुअल फन्डको करसहित १४ र सनराइज फोकस्ड इक्विटी फन्डको करसहित १३.५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । गत आवसम्म लक्ष्मी उन्नतिको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फर्स्ट म्युचुअल फन्डको ११.९३ र सनराइज फोकस्डको १२.१३ रहेको क्यापिटलले जनाएको छ । 

साथै, यसअघि खुलामुखी योजना शुभलक्ष्मी कोषको १६, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फन्ड–२ को १५ र सनराइज ब्लुचिप फन्डको १९ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा भइसकेको छ ।