Skip This
राजनीति व्यापार होइन, सेवा र धर्म हो भन्ने कुरा स्थापित गर्छु : मुख्यमन्त्री बानियाँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार ११:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीति व्यापार होइन, सेवा र धर्म हो भन्ने कुरा स्थापित गर्छु : मुख्यमन्त्री बानियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार ११:४९:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिलाई सेवा र धर्मको रूपमा स्थापित गर्ने बताएका छन् । बुधबार बिहान कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको  स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले राजनीति केवल व्यापार होइन, सेवा र धर्म हो भन्ने आफ्नो विश्वासलाई स्थापित गर्ने बताए । ‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हाेइन,’ उनले भने, ‘व्यापारमा नाफा र नोक्सान हेरिन्छ । राजनीतिले न्याय दिनुपर्छ । र, हामी जनतालाई न्याय, शान्ति र विकास दिनका लागि राजनीतिमा लागेका हौँ ।’

उनले जनताको सेवा र गरिब, निमुखा नागरिकहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । ‘मैले यो बाटोमा एक दिन पनि अलमलिनुछैन, सदैव सत्य र न्यायका लागि उत्तरदायी र जिम्मेवार भएर काम गर्नेछु,’ उनले प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री बानियाँले आफ्ना निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नं. २ (ख) का गरिब र विपन्न परिवारहरूको घर निर्माणका लागि आफूले प्राप्त गर्ने तलब र भत्ताबाट सहयोग गर्ने घोषणा पनि गरे ।  उनले प्रदेश सरकारले यहाँका नागरिकप्रति उत्तरदायी, जिम्मेवार र पारदर्शी भएर परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कांग्रेसका तर्फबाट सरकारमा सहभागी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र विनाविभागीमन्त्री शिवराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।