Skip This
प्रोटेक्टिभ माइक्रोको वार्षिक समीक्षा तथा रणनीतिक योजना गोष्ठी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रोटेक्टिभ माइक्रोको वार्षिक समीक्षा तथा रणनीतिक योजना गोष्ठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार ११:४६:oo

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दुईदिने वार्षिक समीक्षा तथा चालू आवको रणनीतिक योजनाबारे गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी १६–१७ साउनमा काठमाडौंमा भएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, विभिन्न विभागका प्रमुख तथा देशभरका शाखा प्रबन्धकको सहभागिता रहेको थियो ।

गोष्ठीमा कम्पनीले गत आवको प्रगति विवरण प्रस्तुत गर्दै हासिल गरिएका उपलब्धिको समीक्षा गरिएको थियो । साथै, चालू आवका लागि तय गरिएका रणनीति र लक्ष्यहरू सम्बन्धमा विस्तृत छलफल गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले कम्पनीको गत आवको वार्षिक लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिने कर्मचारीलाई धन्यवाद दिए । साथै, उनले कम्पनीको लक्ष्यबमोजिम ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न पनि जोड दिए । गोष्ठीमा शाखास्तरीय चुनौती, बिमा सचेतना अभिवृद्धि कार्यक्रम, नवीनतम बिमालेखहरू, डिजिटल पहुँच विस्तार र जोखिम व्यवस्थापनलगायतका महत्वपूर्ण विषयमा समेत छलफल भएको थियो ।