मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १९ सोमबार
  • Monday, 04 August, 2025
२o८२ श्रावण १९ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपयुक्त स्थानमा घर बनाइदिने आश्वासनपछि घर फर्कियाे हायु परिवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १९ सोमबार १६:५७:oo

कुनै पनि हातलमा घर नफकर्ने अडान लिएका हायू परिवार अन्ततः आफ्नै ठाउँ सिन्धुली फर्किएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका– ६ स्थित विपर कटेरी भन्ने स्थानका हायू परिवारलाई उपयुक्त स्थान खोजेर घर बनाइदिने आश्वासन पाएपछि उनीहरु घर फर्किन राजी भएका हुन्।

गोलन्जोर– ६ का वडा अध्यक्ष रविनकुमार श्रेष्ठले दाताहरु खेजी उपयुक्त स्थान खोजेर घर बनाइदिने आश्वासन दिएपछि हायू परिवार श्रेष्ठसँगै सोमबार सिन्धुली फर्किएका हुन्।

हायू परिवारले सिन्धुली जाने गाडीको लागि आवश्यक खर्च नभएको भनेपछि पोखरा महानगरपालिकाले आवश्यक गाडीको व्यवस्था मिलाइदिएपछि परिवारका २२ सदस्य पोखराबाट फर्किएका हुन्। पोखराका मेयर धनराज आर्चायले उनीहरुलाई बिदाइ गरेका थिए।

वडा अध्यक्ष श्रेष्ठका अनुसार हाल उनीहरु बस्दै आएको विपर कटेरी भन्ने स्थानमा नराखी हाल आफ्नो घर गोलन्जोर– ६ स्थित सुगुरेमा लगेर राख्ने जानकारी दिए। आफ्नो घरमा उनीहरुलाई राख्दै गर्ने र दाताहरुको खोजी गरी उपयुक्त स्थानमा घर निर्माणको कामसमेत सुरु गर्दै जाने उनको भनाइ छ।

घर नबनेसम्म सुगुरेस्थित आफ्नै घरमा राख्ने र उनीहरुको रोजगारीका लागि पनि पहल गर्ने वडाध्यक्ष श्रेष्ठले बताए।

११ साउनदेखि सम्पर्कविहीन भएको भनिएका उनीहरु पोखराको होटलमा आएर बसेको समाचार विभिन्न संचारमाध्यमहरुमा आएपछि प्रहरीले खोजीकार्य गरेको थियो। सो क्रममा उनीहरु पोखरा महानगरपालिका–३० स्थित गगनगौंडास्थित स्थानीय चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बसेको अवस्थामा भेटिएका थिए।