
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । बिहीबारदेखि भने अलि प्रतिकूल रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मानसम्मान बढ्नेछ । बोलीकै प्रभावले महत्वपूर्ण काम बन्ने समय समय रहेको छ । वैचारिक क्षमता बढ्नेछ । तपाईंको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ । आत्मबल बढ्नेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खालान् । बुधबारदेखि भने अरूको भर पर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) बोलीकै भरमा काम गर्ने समय छ । आतिथ्यपूर्ण सम्मान र सहयोगीबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने वेला छ । आम्दानी बढ्नेछ । सप्ताहान्तमा भने धोकामा परिने योग छ, सचेत रहनुहोस् । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । शुक्रबारदेखि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने खानपान, वस्त्र, अलंकार आदिबाट आनन्द मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनुका साथै प्रशस्त धन आर्जन गर्ने योग छ । सहयोगीहरू जुट्नेछन् । उत्साह थपिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेका काममा सहयोगीले साथ दिनेछन् । व्यावसायिक कामबाट राम्रो लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । आरोग्य एवं स्फूर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । नयाँ काम गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । स्थान परिवर्तन वा टाढाको यात्राको योग जुरेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आम्दानी बढ्नेछ । बुधबार अनावश्यक शंका जाग्ने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । सप्ताहान्तमा स्थितिमा सुधार आउला । पारिवारिक भेटघाट होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति हुनेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । प्रतिनिधिमूलक यात्राको सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । दीर्घकालीन काममा लगानी गर्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम र प्रतिष्ठा कमाउने
वेला छ । आम्दानी बढ्नेछ । बुधबार अनावश्यक शंका जाग्ने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुरुमा समय मनोरञ्जनपूर्ण रहला । रमाइलो यात्रा सम्भावित छ । प्रेमको बन्धन पनि कसिने वेला छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । धर्मकर्म, समाजसेवा, परोपकारजस्ता काम हुनेछन् । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नयाँ काम वा नोकरी पाइने समय छ । बुधबारदेखि समय अलि प्रतिकूल रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, छरछिमेकी, कुटुम्ब वा नातागोताको कामधन्दामा सरसहयोग गर्दा सन्तुष्टि प्राप्त हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) व्यापार–व्यवसायमा प्रशस्तै फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । शत्रुबाधा समाप्त होला । प्रशस्त धनलाभ हुनेछ । अप्ठ्यारा चुनौतीलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिने समय छ । रमाइला ठाउँको भ्रमण गर्ने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा आफन्तसँग असमझदारी बढ्नेछ । अस्वस्थता र कमजोरी अनुभव हुनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी रहनेछ । नजिकका व्यक्तिबाट काममा अवरोध हुने देखिन्छ । शुक्रबारदेखि स्थिति अनुकूल बन्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् ।